कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कोरोनाले मृत्यु भएकी महिलाको परिवारसहित १८७ को पीसीआर नेगेटिभ

अनिश तिवारी

सिन्धुपाल्चोक — कोरोना संक्रमणबाट मृत्यु भएकी बाह्रबीसेकी महिलाको परिवारसँगै सम्पर्कमा आएका १ सय ८७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । बाह्रबिसे नगरपालिका–९ राम्चे र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा संकलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि हेटौंडास्थित कीटजन्य रोग अध्ययन तथा तालिम केन्द्र लगिएको थियो ।

कोरोनाले मृत्यु भएकी महिलाको परिवारसहित १८७ को पीसीआर नेगेटिभ

‘यहाँका १ सय ८७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ, बाँकी ८ जनाको पनि परीक्षण हुँदै छ,’ प्रदेश ३ का सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सक महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले भने । बाँकीको रिपोर्ट पनि शनिबारै आउने उनले जानकारी दिए ।

वाग्मती सरकार र जिल्ला स्वास्थ्यकर्मीको टोलीले संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा शंकास्पदहरूकाे स्वाब संकलन गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत कृष्ण तिवारीका अनुसार राम्चे, बाह्रबिसे र प्रारम्भिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । ‘सुनकोसी–४ यमुनाडाँडाका ६ जना र साबिक ठोकर्पाका दुई जनाको रिपोर्ट आउन बाँकी छ,’ उनले भने । जिल्लाभर हालसम्म २ सय ८० को पीसीआर र ७ सय २ को आरडीटी गरिएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि संक्रमित महिलाका श्रीमान्, छोरा, आमालगायत परिवार गाउँ फर्किएका छन् । उनको नवजात शिशुलाई धुलिखेल अस्पतालले शुक्रबार डिस्चार्ज गरेको छ । शिशुसहित परिवारलाई एक सातासम्म सुनकोसी गाउँपालिकास्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिने वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताए । ‘एक सातापछि फेरि पीसीआर परीक्षण गरिनेछ, त्यसमा पनि नेगेटिभ आएमा उहाँहरूलाई घर पठाइनेछ,’ उनले भने ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?