कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

डाक्टरले एम्बुलेन्स सिक्ने क्रममा दुर्घटना, एक जना सख्त घाइते

अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची बजारस्थित मेलम्ची प्राथामिक स्वास्थ्य केन्द्रका डाक्टरले एम्बुलेन्स सिक्ने क्रममा दुर्घटना भएको छ । डा विनोद केसीले सिक्ने चलाएको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा एक जना सख्त घाइते भएका छन् । स्वास्थ्य केन्द्र नजिक डा केसीले सिक्न चलाएको बा २ झ ७८६ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएको थियो । 

डाक्टरले एम्बुलेन्स सिक्ने क्रममा दुर्घटना, एक जना सख्त घाइते

एम्बुलेन्सको ठक्करबाट बा ८४ प ३९४५ नम्बरको मोटरसाइक चालक पछारिएका थिए । ठक्करबाट घाइतेलाई तत्कालै काभ्रे धुलिखेल अस्पताल लगिएको इलाका प्रहरी मेलम्चीले जनाएको छ । घाइतेको नाम भने खुल्न बाँकी छ ।



प्रकाशित : जेष्ठ ९, २०७७ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?