२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुनकोसीमा खसेकाको शव फेला 

नगेन्द्र अधिकारी

काभ्रे — दोलालघाटबाट सापिङतर्फ जाँदै गरेको जिप सडकबाट कोल्टँदा सुनकोसी नदीमा खसेका २ जनामध्ये १ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल (एपीएफ) को नम्बर १५ गणबाट सई युवराज कार्कीको नेतृत्वमा गएको टोलीले बेपत्ता भएका भोला महतको शव फेला पारेको हो । 

सिमेन्ट, दाना र प्लाई बोकेर जाँदै गरेको बा.१६.च ८८३८ नम्बरको जिपबाट कोल्टे पर्दा सुनकोसी नदीमा खस्दा भुम्लु १ का २६ वर्षीय अशोक गिरी र महत बेपत्ता भएका थिए ।

एपीएफकै विपद् उद्धार गण सिनामंगलबाट खटिएको गोताखोरसहितको टोलीले सम्भावित विभिन्न स्थानमा खोजे पनि भेटाउन सफल नभएको १५ नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरुषोतम थापाले जानकारी दिए । ‘डुबेको हुन सकिने सबै स्थानमा गोताखोरसहितको टोलीले खोज्यौं, ऱ्याफ्टिङ गरेर पनि खोज्यौं, तर कतै भेटिएन,’थापाले भने, ‘बगाएर टाढा लगेको हुन सक्ने आशंकामा नेपाल प्रहरीका विभिन्न युनिटलाई खबर गरिएको छ ।’ सोही दुर्घटनामा ३९ वर्षीय सानुमाया गिरीको बायाँ हात भाँचिएको थियो ।

प्रकाशित : जेष्ठ ८, २०७७ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?