भत्ताको लाइनका वृद्धको मृत्यु

धादिङ — सामाजिक सुरक्षा भत्ता लिन बैंक गएका एक वृद्धको मृत्यु भएको छ । गंगाजमुना गाउँपालिका–४ ठकुरीडाँडाका ८३ वर्षीय रामबहादुर गुरुङ घरबाट तीन घण्टा टाढाको फुलखर्कस्थित एसबीआई बैंकमा लाइन बसेका बेला बेहोस भएर ढलेका थिए ।

दमका बिरामी उनलाई उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ ८, २०७७ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?