१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

संक्रमितको परिवारका ९ जनाको स्वाब संकलन

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीकी पहिलो संक्रमित महिलाको कमलामाई नगरपालिका–९ भिमान पन्नेसीको घरमा रहेका ९ जनाको स्वाब संकलन गरिएको छ । स्वास्थ्यकर्मीको टोलीले संक्रमित महिलाको घरमा नै पुगेर बिहीबार स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाएको छ ।

संक्रमितको परिवारका ९ जनाको स्वाब संकलन

स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र साहका अनुसार संकलित स्वाबको रिपोर्टका आधारमा छिमेकी चार घरका ३२ जनालाई परीक्षणको दायरामा ल्याइने छ ।

संक्रमित महिलाको पहिचान र ठेगाना खुलेसँगै भिमान पन्नेसीस्थित घर र छिमेकका ५ घरलाई बुधबार सिल गरिएको थियो । स्वास्थ्य मन्त्रालयले मंगलबार नियमित पत्रकार सम्मेलन गर्ने क्रममा सिन्धुलीको एक महिलामा पनि संक्रमित भएको सार्वजनिक गरेपछि कहाँको हो ? भन्ने व्यापक खोजी भइरहेको थियो । २६ वर्षीय ती महिला बुधबार बिहान काठमाडौंस्थित एपीएफ कोरोना अस्पतालमा भर्ना भएपछि सिन्धुलीको भिमानको रहेको पुष्टि भएको थियो ।

यसैबीच सिन्धुली अस्पतालमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्कर्मी, कर्मचारी, प्रहरी, जनप्रतिनिधिसहित ४७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको थियो । आरडीटीमा ठूलो संख्यामा एन्टीबडी पोजिटिभ देखिएपछि सन्त्रास छाएको थियो । सिन्धुली अस्पतालका प्रवक्ता डा प्रशन्न राजभण्डारीले ४७ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको र थप ७ जनाको परीक्षणका क्रममा रहेको जानकारी दिए ।

प्रकाशित : जेष्ठ ८, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?