कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरका संक्रमितको परिवारको कोरोना रिपोर्ट नेगेटिभ

सुवास विडारी

मकवानपुर — मकवानपुरका कोरोना संक्रमित २८ वर्षीय युवाको परिवारमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ । मकवानपुरको थाहा नगरपालिका–११, देउरली घर भएका कोरोना संक्रमितको परिवारको रिपोर्ट बिहीबार नेगेटिभ आएको हो । 

मकवानपुरका संक्रमितको परिवारको कोरोना रिपोर्ट नेगेटिभ

हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा संक्रमितका परिवारका सदस्यहरुको पीसीआर विधिबाट स्वाब परीक्षण गर्दा रिपोर्ट नगेटिभ आएको हो ।

‘संक्रमित युवाकी पत्नी र दुईजना छोरीको रिपोर्ट नेगेटिभ आएको छ ।’, हेटौंडास्थित आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार बिहीबार मकवानपुरका–२९ जनाको स्वाब परीक्षणको रिपोर्ट आएको र सबै नेगेटिभ नै रहेको छ । हेटौंडाको आइसोलेसन वार्डमा रहेकाहरुको डिस्चार्ज प्रक्रिया सुरु गरिएको उनले बताए ।

संक्रमित युवा ट्रक ड्राइभर हुन् । उनमा जेठ ६ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनी वैशाख २७ गते थाहा नगरपालिकाको टिस्टुङबाट काठमाडौं गएको र बाफलस्थित डेरामा बस्दै आएका थिए । लकडाउनको समयमा उनी कहाँ–कहाँ गएका थिए भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ थाहा नगरपालिकाले गरिरहेको छ । उनी हाल काठमाडौंमै रहेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?