संक्रमित बालक बसेको धादिङको स्वास्थ्यचौकी सिल

हरिहरसिंह राठौर

धादिङ — लमजुङका कोरोना संक्रमित ३ वर्षीय बालक ५० दिन बसेर गएकाे पाइएपछि गंगाजमुना–४ गुम्दीस्थित स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएको छ ।

संक्रमित बालक बसेको धादिङको स्वास्थ्यचौकी सिल

उनका हजुरबुबा सोही स्वास्थ्य चौकीमा कार्यरत रहेकाले उनी लमजुङको सुन्दरबजारबाट आमासहित चैत ९ गते गुम्दी आएर वैशाख २९ गते काठमाडौं गएका थिए । काठमाडौंमा घरधनीले कोरोना परीक्षण नगरी घरभित्र पस्न नदिएपछि जाँच गर्दा बालकमा संक्रमण पुष्टि भएको थियो । सँगै रहेकी आमालाई भने कोरोना देखिएन ।

ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न टोली खटाइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

‘उनीहरूको डेरावरपर अरू १५ वटाजति घर छन् । ती परिवारको पनि लगत संकलन गर्दै छौं, सबैभन्दा नजिकका नातेदारको पीसीआर गरेपछि त्यसको नतिजाबमोजिम थप कारबाही अगाडि बढाउँछौं,’ गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले भने ।

प्रकाशित : जेष्ठ ८, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?