२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

राजमार्गबाट त्रिशूली नदी तर्न कडाई

हरिहरसिंह राठौर

धादिङ — पृथ्वी राजमार्गबाट त्रिशूली नदी तर्न कडाई गरिएको छ । कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन गरिएको करिब २ महिना पुग्नै लाग्दा सदरमुकाम धादिङबेंसी लगायत त्रिशूली नदी वारिका ८ स्थानीय तहमा प्रवेश गर्न कडाई गरिएको हो ।

राजमार्गबाट त्रिशूली नदी तर्न कडाई

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बुधबार बिहान बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति बैठकले जिल्ला सदरमुकाम लगायतमा विशेष सावधानी अपनाउने र त्रिशूली नदी र बुढीगण्डकी नदी तरेर आउने सवारी साधनहरुलाई विशेष निगरानी गर्न बुधबार सिद्धलेकको फुर्के खोलास्थित पुल र गोरखाबाट आउने बूढीगण्डकीका आरुघाट र बुङकोटघाट पुलमा अस्थायी प्रहरी पोष्ट खडा गरेर जाँचमा कडाई गर्ने निर्णय गरेको थियो ।

निर्णयलगत्तै सिद्धलेक गाउँपालिकाले फुर्केखोला र त्रिपुरासुन्दरी गाउँपालिकाले आरुघाटमा सवारीसाधन तथा व्यक्ति जाँच गर्न अस्थायी पोष्ट निर्माण गरिएको छ । ‘जिल्ला प्रवेश गर्ने मुख्य ३ नाकाहरुमा अस्थायी पोष्ट खडा गरी प्रहरी बसिसकेको छ, प्रहरीलाई स्थानीय स्वयंसेवी युवाहरुले सहयोग गर्ने छन्’ जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने ।

प्रकाशित : जेष्ठ ७, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?