कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अस्पतालले रिफर नगर्दा संक्रमितकाे परिवार रातभर अलपत्र   

सुवास विडारी

मकवानपुर — मकवानपुरका कोरोना संक्रमित भनिएका २८ वर्षीय युवाको परिवारलाई स्वाब परीक्षणका लागि हेटौंडा ल्याइएको छ । 

मकवानपुरको थाहा नगरपालिका–११, देउरालीबाट कोरोना परीक्षणका लागि उनको परिवारलाई मंगलबार बिहान १ बजे स्वाब संकलनका लागि हेटौंडा ल्याएको हो । मध्यरातमा हेटौंडा ल्याइएको उनलाई बिहान ८ बजेमात्र स्वाब संकलन र परीक्षणका लागि हेटौंडा–४ स्थित कर्रामा रहेको आइसोलेसन वार्डमा पुर्‍याइएको छ ।

‘आइसोलेसन वार्डमा भर्ना हुनु अगाडि हेटौंडा अस्पतालमा रहेको फिभर क्लिनिकमा जाँच गर्नुपर्ने हुन्छ । अस्पतालको फिभर क्लिनिकले रातिको समयमा परीक्षण नगर्दा आइसोलेसनमा राति नै राख्न सकिएन उनीहरु हेटौंडा अस्पतालमै रहे ।’, आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले भने, ‘हेटौंडा अस्पतालमा मध्यरातमा ल्याइएको रहेछ । फिभर क्लिनिकले आइसोलेसनका लागि रिफर नगरिदिँदा दुईवटा छोरी र आमा रातभर हेटौंडा अस्पतालमै अलपत्र अवस्थामा बस्न बाध्य भए । लामो समयको प्रयासपछि अहिले बिहानमात्र आइसोलेसनमा ल्याइएको छ ।’

संक्रमितका परिवारलाई थाहा नगरबाट एम्बुलेन्समार्फत् हेटौंडा ल्याइएको थियो । ‘ हेटौंडा अस्पतालमा फिभर क्लिनिकमा परीक्षणका लागि उनीहरुलाई छाडिएको थियो । तर, उनीहरुको परीक्षण राति नै नहुँदा आज बिहानै गर्नुपर्ने स्वाब संकलन नै ढिला हुनपुग्यो ।’, चौलागाईंका अनुसार उनीहरुको स्वाब बुधवारै पीसीआर परीक्षण गरिनेछ ।

संक्रमित युवा ट्रक ड्राइभर हुन् । उनी वैशाख २७ गते टिस्टुङबाट काठमाडौं गएको र उनी काठमाडौंको बाफलस्थित डेरामा बस्दै आएका थिए । लकडाउनको समयमा उनी कहाँ–कहाँ गएका थिए भन्ने विषयमा कन्ट्याक्ट ट्रेसिङ सुरु भएको थाहानगरपालिकाका मेयर लवशेर विष्टले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ७, २०७७ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?