कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

माछा मार्ने क्रममा विवाद हुँदा प्रहरीमाथि नै खुकुरी प्रहार

रमेशकुमार पौडेल

चितवन — पोखरीको माछा मार्ने क्रममा विवाद र खुकुरी हानाहान भएको सूचनापछि गस्तीमा गएको प्रहरीमाथि नै खुकुरी प्रहार भएको छ । चितवन रामपुरमा सोमबार राति सवा १० बजे उक्त घटना भएको हो ।

खुकुरी प्रहारबाट दंगा नियन्त्रण प्रहरी गण हेटौंडामा दरबन्दी भइ रामपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान विजय सुनार गम्भीर घाइते भएका छन् ।

विजयको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । भरतपुर–१६ मंगलपुरका दिपेश र दिपेन्द्र बजगाईको माछा पोखरीमा भरतपुर–१५ रामपुरका सन्तोष थापाले माछा मार्न थालेपछि विवाद सुरु भएको थियो ।

प्रहरीले दिएको सूचनामा सन्तोष थापाले खकुरी हानेर दिपेश र दिपेन्द्रलाई पनि घाइते बनाएको उल्लेख छ । उनीहरुको अवस्था भने सामान्य रहेको छ । उनै सन्तोष थापाले प्रहरी जवान विजय सुनारलाई पनि खुकुरी हानेको प्रहरीले जनाएको छ ।

खुकुरी हान्ने थापा पनि सामान्य घाइते भएका कारण प्रहरीको निगरानीमा उपचार भइरहेको डीएसपी कोइरालाले जानकारी दिए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?