कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रजातान्त्रिक योद्धा ढुंगेलको निधन

टीकाप्रसाद भट्ट

रामेछाप — नेपालमा प्रजातन्त्र प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रहेर लडेका रुद्रप्रसाद ढुंगेलको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ । रामेछापको पकरबासमा जन्मेका ढुंगेलको काठमाडौंमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार सुगर, वाथ रोग लगायतबाट पीडित ढुंगेल केही दिनदेखि अस्वस्थ थिए ।

प्रजातान्त्रिक योद्धा ढुंगेलको निधन

कांग्रेसमा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र सरोज कोइरालाको सामिप्यतामा रहेर लामो अवधिसम्म प्रजातान्त्रिक आन्दोलनमा काम गरेका ढुंगेल कठोर संगठक र त्यागी नेताका रुपमा चिनिन्थे । ढुंगेलसँगै प्रजातान्त्रिक आन्दोलनमा होमिएका रामचन्द्र वियोगीका अनुसार २०१८ सालमा रुद्रप्रसाद ढुंगेलकै कमाण्डमा पूर्व २ नम्बर रामेछापका बडाहाकिमको आवासमा बम हान्ने काम भएको थियो । उक्त काण्डमा उम्किएका ढुंगेल भारतमा निर्वासित भएका थिए ।

भूमिगतकालमा दिवंगत पद्मशंकर अधिकारी कांग्रेस जिल्ला सभापति हुँदा उनी उपसभापति थिए । पकरबास र कांग्रेसको सक्रिय राजनीति छोडेपछि उनी काठमाडौंको कालिमाटीमा बस्दै आएका थिए । ढुंगेलको सोमबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यसैबीच, ढुंगेलको निधन प्रति नेपाली कांग्रेस रामेछापले विज्ञप्ति जारी गरी एउटा प्रजातान्त्रिक धरोहर गुमाएको जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?