कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मन्त्रीको नेतृत्वमा र्‍यापिड रेस्पोन्स टोली सिन्धुपाल्चोकमा

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेश सरकारले विज्ञ संलग्न र्‍यापिड रेस्पोन्स टोली सिन्धुपाल्चोकको बाह्रबिसे पठाएको छ । बाह्रबिसे नगरपालिका– ९ राम्चे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट शनिबार मृत्यु भएपछि थप सक्रमण फैलिन नदिन विज्ञ संलग्न र्‍यापिड रेस्पोन्स टोली पठाएको हो ।

मन्त्रीको नेतृत्वमा र्‍यापिड रेस्पोन्स टोली सिन्धुपाल्चोकमा

वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युबराज दुलालको नेतृत्वमा विज्ञ संलग्न टोलीसहित बाह्रबिसे गएको मन्त्रालयले जनाएको छ । टोलीमा विज्ञ, डाक्टर र प्राविधिक रहेका छन् । टोलीले मृतकसँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी आवश्यक सबैको पीसीआर परीक्षण गर्ने मन्त्री दुलालले बताए ।

दिनप्रतिदिन बढिरहेको कोरोना भाइरसको रोकथाम नियन्त्रण र थप संक्रमण फैलिन नदिनको लागि वाग्मती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले र्‍यापिड रेस्पोन्स टोली गठन गरेको छ । वाग्मती प्रदेशका १३ वटा जिल्लामध्ये ७ जिल्लामा कारोना भाइरसका संक्रमित फेला परेका छन् । कोरोना संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु पनि भइसकेको छ ।

सम्बन्धित समाचार

कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि

प्रकाशित : जेष्ठ ४, २०७७ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?