कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

संक्रमित महिला बसेर गएको गाउँ सिल

हरिहरसिंह राठौर

गल्छी, धादिङ — काठमाडौंमा बिहीबार कोरोना संक्रमण पुष्टि भएकी महिलाको धादिङ गल्छीस्थित गाउँ सिल गरिएको छ । हाल चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा बस्ने उनी करिब एक महिना गल्छीको कटुवाल पौवास्थित घरमा बसेर केही दिनअघि मात्र गएकी हुन् ।

संक्रमित महिला बसेर गएको गाउँ सिल

काठमाडाैंमा पतिसँगै बस्दै आएकी ३२ वर्षीया उनी लकडाउनलगत्तै चैत १३ गते घर आएकी थिइन् । त्यहाँबाट वैशाख ९ गते फर्किएकी हुन् । उनी सडक बनाउने ठेकेदार कम्पनीमा सुपरभाइजरका रूपमा कार्यरत रहेको गल्छीस्थित प्रहरीले जनाएको छ । हाल उनको घरमा सासू–ससुरा मात्रै छन् ।

‘उनको घर, नजिकैका माइती र टोलछिमेकसमेत ६१ जना सम्पर्कमा रहेको पाइएको छ, हाललाई २२ घरसहित पूरै टोल सिल गर्न सुरक्षाकर्मी तैनाथ गरिएको छ,’ प्रजिअ अस्मान तामाङले भने ।

जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका तामाङको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले उक्त टोल सिल गर्ने निर्णय लिएको हो ।

‘चार किल्लाभित्र सम्पूर्ण गतिविधि बन्द गराइएको छ, सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ,’ उनले भने ।

बैठकले संक्रमितसँग सम्पर्कमा रहेकाहरूको पहिचान गरी क्वारेन्टाइनमा राख्न गाउँपालिकालाई निर्देशन दिएको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न वडाध्यक्ष भरत तामाङको संयोजकत्वमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टिम बनाइएको छ ।

टोल सिल गरिएलगत्तै महिलाका सबैभन्दा नजिकैका व्यक्तिहरूको आरडीटी गर्ने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए ।

प्रकाशित : जेष्ठ २, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?