२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एक क्‍वीन्टल चरेससहित २ जना पक्राउ 

हरिहरसिंह राठौर

गजुरी धादिङ — जिल्लाको गजुरी ५ र ६ को सिमानामा पर्ने दरियाल खोलाबाट सय किलो चरेससहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीकै खोजी सूचीमा रहेका गजुरी २ निवासी ३७ वर्षीय टेकबहादुर तामाङ पनि छन् । उनीसँग स्थानीय २६ वर्षीय विशाल तामाङ पक्राउ परेका छन् ।

एक क्‍वीन्टल चरेससहित २ जना पक्राउ 

पृथ्वी राजमार्गको आदमघाट बजारमा ६ लाख नगद लेनदेनभइ ग्राहक बनेर खरिद गर्न गएको प्रहरीले चरेस ओसारपसारमा प्रयोग गरिएका २ मोटरसाइकलत बरामद गरेको छ । तस्करीमा संलग्न २ व्यक्ति र २ मोटरसाइकल नियन्त्रणमा लिइए पनि अन्य फरार ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए ।

चरेस बोक्न प्रयोग गरिएको वा ९७ प ४९९ र प्रदेश ३–०२–००१–प ७४५८ नंबरको मोटरसाइल काठमाडौंबाट चोरी भएको गजुरीस्थित प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । उनीहरुलाई लागूऔषध ओसारपसार, मोटरसाइकल चोरी र सम्पत्ति शुद्धिकरण मुद्दामा छानबिनपश्चात् मुद्दा चल्ने बताए ।

प्रकाशित : जेष्ठ १, २०७७ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?