कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धादिङमा शिक्षिकाद्वारा आत्महत्या

हरिहरसिंह राठौर

धादिङ — रुवीभ्यालीस्थित दोङदेङ माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीया शिक्षिका चाँदनी तामाङले सदरमुकामस्थित निर्माणाधिन घरमा पासो लगाइ आत्महत्या गरेको छन् । 

श्रीमान विजय तामाङले विगत ४ वर्षदेखि मलेसियामा रहेर पठाएको रकमले नीलकण्ठ नगरपालिका–४ स्थित अल्छीडाँडामा घर निर्माण गर्न उनी सदरमुकाममै थिइन् । आफ्नै दाइको घर नजिकै घडेरी किनेर घर निर्माण गर्दै गरेकी थिइन् ।

आत्महत्याको कारण खुल्न नसके पनि आत्महत्या गर्नु पूर्व लेखेको पत्रमा छोरालाई राम्रोसँग लालनपालन गरी दिन आफन्तजनहरुसँग आग्रह गरेको जिल्ला प्रहरी प्रवक्ता रुपक खड्काले बताए । उनको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखेर आफन्तहरुलाई बोलाएको प्रहरीले बतायो ।

प्रकाशित : जेष्ठ १, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?