१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अत्यावश्यक सेवावाहेकका गाडीलाई दोलखा प्रवेशमा रोक 

राजेन्द्र मानन्धर

दोलखा — जेठ १ गतेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि अत्यावश्यक सेवावाहेक अन्य सवारीसाधनलाई दोलखा प्रवेशमा रोक लगाइएको छ । कुनै पनि बाहनामा सवारीसाधन आएमा दोलखाका दुई नाका किर्नेटार र खरिङ्गाबाट फर्काइने छ । 

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिने उल्लेख छ । सूचनामा भनिएको छ, ‘अत्यावश्यक सेवावाहेक सबै सावारीसाधनलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ ।’

कोभिड—१९ को खतरापछि लकडाउनलाई प्रभावकारी बनाउन जारी सूचनाअनुसार जेठ १ गतेदेखि जिल्लाभित्रका औषधि पसलबाहेक अन्य सबै व्यवसाय बन्द गर्नुपर्ने छ । सामान्य चिया पसलहरु पनि नखोल्न अनुरोध गर्दै औषधिबाहेक सबैखाले व्यवसायहरु बिहान १० बजेबाट पूर्ण रुपमा बन्द गर्ने उल्लेख छ ।

बैंकिङ र सहकारीहरुले सीमित सेवामात्रै दिनेगरी व्यवस्था मिलाउन भनिएको छ । सूचनाअनुसार स्थानीय प्रशासनले लकडाउनलाई कडा पर्नेगरी प्रस्तुत हुने संकेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले कोभिड—१९ को खतरा बढ्दै गएकाले जिल्लालाई सुरक्षित बनाउन थप कडा कदम चालिने जानकारी दिए ।

प्रकाशित : वैशाख ३१, २०७७ २३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?