२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

क्रसरले बालुवा झिकेको खाडलमा परी बालकको मृत्यु

कृष्ण थापा

नुवाकोट — जिल्लाको लिखु खोलामा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ । पञ्‍चकन्या गाउँपालिका २ र लिखु गाउँपालिका ६ को सीमा भएर बग्ने लिखु खोलामा क्रसरले खनेको खाल्डोमा पौडी खेल्ने क्रममा स्थानीय ९ वर्षीय सन्देश सुनार विकको मृत्यु भएको हो । बालकलाई उपचारका लागि काठमाडौंको लैजाने क्रममा बाटोमै मृत्यु प्रहरीले जनाएको छ ।  

क्रसरले उत्खनन् गरेको खाल्डोमा परेर बालकको ज्यान गएको भन्दै मृतकका आफन्त र स्थानीयले परिवारलाई क्षर्तिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरुले बुधबार दिउँसो छहरे–गुर्जेभन्ज्याङ सडक अवरोध गरेका थिए । पछि प्रहरीले उक्त सडक खुलाएका थिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख तथा एसपी अबिनारायण काफ्लेले खोलामा डुबेर मृत्यु भएको दाबी गरे । ‘खोलामै डुब्या हो,’उनले भने, ‘खाल्डोमा डुबेको अवस्था होइन । उसका बुबाले बालुवा झिक्ने काम गर्नुहुन्थ्यो अरे । खोला त लामो हुन्छ । नुहाउने क्रममा खोलाले बगाएको हो ।’

घटनापछि आक्रोशित स्थानीयले पञ्‍चकन्या गाउँपालिका २ नाट्यश्वरी क्रसर उद्योगले बालुवा झिक्ने खाल्डोमा बालक डुबेर ज्यान गएको बताएका छन् । उक्त क्रसर लिखुको खोलासँगै पञ्चकन्या–छहरे जोड्ने पक्की पुलको छेउमै छ । जुन वातावरणीय मापदण्डअनुसार सञ्‍चालनमा छैन ।

यसअघि अवैध रुपमा ककनी गाउँपालिकाको कोल्पुखोलामा खानिएको खाल्डोमा परेर दुई जनाको ज्यान गएको थियो ।

यो पनि


प्रकाशित : वैशाख ३१, २०७७ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?