३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मकैबारीमा करेन्ट लागेर चेपाङ किशोरीको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — मकैबारीमा गोडमेल गर्न गएकी १६ वर्षीया चेपाङ किशोरीको करेन्ट लागेर मृत्यु भएको छ । बेनीघाट रोराङ–१०, जयपुरीमा मंगलबार मकै गोड्ने क्रममा बारीमै लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा १६ वर्षीया विपना चेपाङको मृत्यु भएको वडाध्यक्ष अम्बरबहादुर गुरुङले बताए ।

विपनालाई करेन्ट लागेपछि स्थानीयहरुले उपचारका लागि गजुरी अस्पताल ल्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ३०, २०७७ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?