एक लाख घूस रकमसहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ

कृष्ण थापा

नुवाकोट — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय प्रमुख जय मंगलप्रसादलाई १ लाख घूस रकमसहित पक्राउ गरेको छ । सूर्यगढीगाउँपालिका ५ मा रहेको चुनढुंगाखानी सञ्‍चालनका लागि अनुमति माग्ने क्रममा सेवाग्राहीसँग रकम लिएको अवस्थामा डीएफओ मंगलप्रसादलाई शनिबार कार्यालय परिसरबाटै पक्राउ गरिएको हो ।

एक लाख घूस रकमसहित डिभिजन वन कार्यालय प्रमुख पक्राउ

उक्त ढुंगाखानी तादी सिमेण्ट एण्ड लाइम ईन्डस्ट्रिज प्रालिले सञ्‍चालन गर्न माग गरेको थियो । थप अनुसन्धानका लागि अपराह्न डीएफओलाई काठमाडौं लगिएको छ ।


प्रकाशित : वैशाख २७, २०७७ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?