१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नुवाकोटमा एक जना आइसोलेसनमा भर्ना

कृष्ण थापा

नुवाकोट — भारतबाट आएका एक जनालाई ज्वरो, खोकीको लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको छ । 

विदुर नगरपालिका १३ वडा एक १९ वर्षीय युवकलाई कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा बुधबार जिल्ला अस्पताल त्रिशूलीको आइसोलेसनमा राखिएको हो ।

उनको स्वाब परीक्षणका लागि बिहीबार काठमाडौं पठाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले बताए ।

प्रकाशित : वैशाख २४, २०७७ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?