कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

काभ्रेका एम्बुलेन्समा ‘जीपीएस ट्रयाकिङ’  

नगेन्द्र अधिकारी

काभ्रे — कोरोना भाइरसको महामारीमा एम्बुलेन्स सेवालाई प्रभावकारी गराउन जिल्लाका ३५ वटै एम्बुलेन्सको जीपीएस ट्रयाकिङ गरिएको छ । एकद्वार प्रणालीबाट सञ्चालनमा ल्याउन धुलिखेल अस्पतालमा ‘डिस्प्याच सेन्टर’ समेत सञ्चालनमा ल्याइएको हो ।

‘सबै एम्बुलेन्समा जीपीएस डिभाइस जडान गरिएको छ, आवश्यक परेको बेलाममा कुन एम्बुलेन्स नजिक छ भन्ने एप्समार्फत् थाहा हुन्छ,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने, ‘सेवाग्राहीले यथाशिघ्र सेवा पनि पाउँछन्, चालकले ढाँट्ने अवस्था पनि हुँदैन ।’ महामारीको समयमा अत्यावश्यक सेवा प्रभावकारी बनाउन प्रविधिको प्रयोग गरेको उनले जानकारी दिए ।

डिस्प्याच सेन्टरको लागि प्राविधिक सहयोग गरेको नेपाल रेडक्रस सोसाइटीका अस्पताल पूर्वसेवाका प्रमुख भोजराज ओझाका अनुसार उपकरण जडान गरिएका एम्बुलेन्सले प्रत्येक १२ सेकेण्डमा अप्डेट दिन्छ ।

एम्बुलेन्सले तय गरेको दिशा, गति आदीका बारेमा पनि एप्स मार्फत् नै जानकारी हुनेछ । उनका अनुसार जिल्लाका ३५ का साथै सिन्धुपाल्चोकका २७ एम्बुलेन्स पनि सोही डिस्प्याच सेन्टरमार्फत् सञ्चालन हुनेछन् ।

सेन्टरले टोलफ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ । प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जिल्ला एम्बुलेन्स सञ्चालन समितिमा दर्ता नभएका केही एम्बुलेन्सलाई सचेत गराइएको जानकारी दिँदै जिल्लाभर समान भाडादर कायम गर्ने जानकारी दिए ।

यता नेपाली सेनाको विष्णु दल गण, धुलिखेल अस्पताल, रेडक्रसले धुलिखेलमा कोरोना संक्रमित फेला परे गरिने उद्धार, उपचार लगायतका कृयाकलापको ‘डेमो’ प्रदर्शन गरेका थिए ।

प्रकाशित : वैशाख २४, २०७७ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?