हेलिकोप्टरबाट गर्भवतीको उद्धार

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्ड गाउँपालिका–५ ठूलो स्याफ्रुमा शनिबार बच्चा जन्माउन नसकेर ज्यान जोखिममा परेकी एक गर्भवतीको उद्धार गरिएको छ । ३४ वर्षीया छिरिङ लामालाई नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं लगिएको हो ।

शुक्रबारदेखि व्यथा लागेर अवस्था जटिल बन्दै गएपछि शनिबार बिहान उद्धार गरिएको गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत लामालाई हेलिकोप्टर मगाएर काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । कार्यक्रमअन्तर्गत ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई यातायातमार्फत निःशुल्क उद्धार गरिँदै आएको छ ।


प्रकाशित : वैशाख २०, २०७७ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?