कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कोभिड-१९ प्रतिकार्यबारे सेनाले गर्‍यो चरिकोटमा प्रदर्शनी

दोलखा — कोभिड-१९ का बिरामी भेटिएदेखि मृत्यु भएको खण्डमा गरिनुपर्ने कामका बारेमा नेपाली सेनाले प्रदर्शनी गरेको छ ।

कोभिड-१९ प्रतिकार्यबारे सेनाले गर्‍यो चरिकोटमा प्रदर्शनी

दोलखाको चरिकोटस्थित तारादल गणमा प्रदर्शनी गरिएको हो । शुक्रबार सेनाको ब्यारेकमा गरिएको प्रदर्शनीमा पीपीई, एन९५ मास्क र ग्लोब लगाउने तरिकादेखि बिरामी भएको थाहा पाएपछिका प्रतिकार्यबारे प्रदर्शनी गरिएको थियो ।

बिरामीको घरमा जाने, बिरामी लिएर आउने, आइसोलेसनमा राख्ने, उपचार गर्ने विधिबारे पनि प्रदर्शन गरियो । उपचारको क्रममा बिरामीको मृत्यु भएमा शव बोक्नेदेखि दाहसंस्कारका बेला अपनाउनुपर्ने कार्यमा सेनाको भूमिका पनि देखाइएको थियो ।

गणपति निकिल कुँवरले कोभिड महामारीमा दोलखामा काम गर्न सेना तयारी अवस्थामा रहेको बताए ।

कोभिडको प्रतिकार्य तयारी र कामबारे प्रदर्शनी गर्दै नेपाली सेना । तस्बिरः राजेन्द्र/कान्तिपुर

प्रकाशित : वैशाख १९, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?