कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमफेदीका १३ कैदीबन्दी क्वारेन्टाइनमा

सुवास विडारी

मकवानपुर — क्षेत्रीय कारागार भीमफेदीमा १३ जना कैदीबन्दीलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले चैत ११ गतेबाट लकडाउनको घोषणा गरेसँगै आएका नयाँ कैदीबन्दीहरुलाई कारागार प्रशासनले क्वारेन्टाइनमा राखेको हो ।

भीमफेदीका १३ कैदीबन्दी क्वारेन्टाइनमा

‘सरकारले लकडाउन घोषणा गर्नूभन्दा तीनदिन अगाडिबाट हामीले उच्च सतर्कता अपनाएर बाहिरको मान्छेलाई कैदीबन्दीसँग भेट्न दिएका छैनौं ।’, कारागारका जेलर प्रकाश खनालले भने । उनका अनुसार चैत ८ गतेबाट थपिएका १३ जना कैदीबन्दीलाई छुट्टै कोठामा राखिएको छ । ‘नयाँ कैदीबन्दीले पुराना कैदीबन्दीबाट टाढा राखिएको छ ।’, उनका अनुसार कारागार प्रशासनले दुईवटा कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहेको छ । ‘क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको कोठामा ४० जनासम्म अटाउँछन् ।’

खनालका अनुसार उनीहरुको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) किटबाट एन्टीबडी परीक्षण गरिएपछि मात्र अरुसँग राखिने छ । भीमफेदी कारागारमा हाल नौसय ७६ जना कैदीबन्दी रहेका छन् । कारागारभित्र कर्मचारी तथा प्रहरी छिर्दा ज्वरो परीक्षण गर्ने र हात धुने तथा सेनिटाइजरको प्रयोग गरेरमात्र छिराउने गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले क्षेत्रीय कारागार भीमफेदीमा आरडीटी परीक्षणको तयारी भइरहेको बताए । ‘भीमफेदी गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रले क्षेत्रीय कारागारमा आरडीटी परीक्षण गर्नेछ । हामीले त्यसका लागि आवश्यक किट उपलब्ध गराइसकेका छौं ।’, उनका अनुसार पहिलो चरणमा आरडीटी परीक्षणका लागि ४० वटा किट भीमफेदी पठाइएको छ । पहिलो चरणमा क्वारेन्टाइनमा रहेका कैदीबन्दीहरुको आरडीटी परीक्षण हुनेछ ।

प्रकाशित : वैशाख १०, २०७७ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?