१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

भिडियो कन्फरेन्सबाट समितिहरुको बैठक : उद्योगहरु खुलाउन र र्‍यापिड टेस्ट बढाउन आग्रह

सुवास विडारी

(मकवानपुर) — लकडाउनको अवस्थामा मुलुकका विभिन्न संयन्त्रहरु निस्क्रिय भइरहेको समयमा वाग्मती प्रदेशसभाका विभिन्न संसदीय समितिहरुको बैठक सञ्चालन भइरहेका छन् ।

भिडियो कन्फरेन्सबाट समितिहरुको बैठक : उद्योगहरु खुलाउन र र्‍यापिड टेस्ट बढाउन आग्रह

वाग्मती प्रदेशसभाअन्तर्गतका उद्योग पर्यटन वन तथा वातावरण समिति र प्रदेश मामिला समितिको सोमबार दुइटा बैठक भिडियो कन्फरेन्समार्फत भएका हुन् । लकडाउनको समयमा गृहजिल्ला तथा निर्वाचन क्षेत्रमा रहेका सदस्यहरुबीच इन्टरनेटको माध्यमबाट वाग्मती प्रदेशसभाको दुई समितिहरुले बैठक सम्पन्न गरेको प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार उद्योग पर्यटन वन तथा वातावरण समिति एवम् प्रदेश मामिला समिति बैठकमा भिडियोमार्फत सहभागी सांसदहरुले कोरोना भाइरसको कारण भइरहेको लकडाउनले प्रदेश तथा देशभित्र पारिरहेको असर, पर्यटन तथा उद्योग क्षेत्रमा भइरहेको समस्याबारे आफ्नो धारणा राखेका थिए ।

लकडाउनको अवस्थामा उद्योगहरु बन्द हुँदा उपभोग्य वस्तुहरुको अभाव भइरहेको सन्दर्भमा बन्द उद्योग कसरी सञ्चालन गर्ने विषयमा समितिका सदस्यहरुले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । उद्योगका मजदुरको व्यवस्थापनका विषयमा मन्त्रालयको कदमको विषयमा समेत समितिका सदस्यहरुले चासो ब्यक्त गरेका थिए ।

यस्तै र्‍यापिड टेस्ट किटलाई हरेक स्थानीय तहमा उपलब्धता गराउनुपर्ने र र्‍यापिड टेस्ट बढाउनुपर्ने, सचेतना जगाउने लगायतका काममा प्रदेश सरकारको विशेष ध्यानाकर्षण गराएका थिए । फरक/फरक समयमा भएको भिडियो कन्फ्ररेन्समा वाग्मती प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङलगायतको सहभागिता थियो ।

प्रकाशित : वैशाख ९, २०७७ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?