१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काठमाडौंमा अलपत्र ३ सयभन्दा बढी रामेछाप आइपुगे

टीकाप्रसाद भट्ट

रामेछाप — लकडाउनका कारण काठमाडौंमा अलपत्र परेकामध्ये ३ सयभन्दा बढी नागरिक सोमबार राति रामेछापमा आइपुगेका छन् ।

सवारी साधन नपाएर काठमाडौंमा भोकभोकै भौंतारिएका नागरिकहरु सरकारले समस्यामा परेकालाई गन्तव्यमा पुग्न दिने खुकुलो नीति ल्याएको बेला जिल्लामा भित्रिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार मंगलबार बिहानसम्म सेलेघाट नाकाबाट १७ र सित्खा नाकाबाट एउटा गाडीमा गरी ३ सय १६ जना रामेछापका विभिन्न गाउँ भित्रिएका छन् ।

जिल्लाबाट कुनै पनि यातायातका साधनलाई काठमाडौंमा अलपत्र परेका नागरिकलाई लिन जानका लागि सवारी अनुमति छैन । काठमाडौंमा रहेकाले यातायातका साधन व्यवस्था गरी फर्कंदा घरसम्म पुग्न दिने लचिलो नीति प्रहरीले अख्तियार गरेको छ ।

सोमबार रामेछापमा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ‘लकडाउनका बेला जो जहाँ छ त्यहीँ रहने’ भन्ने सरकारको निर्णय भएकाले सवारी साधनलाई अनुमति दिन नसक्ने बताएकी थिइन् । तर जनप्रतिनिधिहरुले अन्य जिल्लामा सवारी साधनको व्यवस्था गरेर अलपत्र परेकालाई उद्धार गरेको बताउँदै सवारी साधनलाई अनुमति दिन आग्रह गरेक थिए । गरेकोले सवारी साधनलाई अनुमति दिनु पर्ने माग गरेका थिए ।

काठमाडौंमा रहेका जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले फेसबुक र अन्य सामाजिक सञ्जालको प्रयोग गरी आपत् परेकालाई गाडीको व्यवस्था गरिएको जानकारी दिँदै उद्धार गरेका हुन् । गाडीभाडा भने यात्रुहरु आफैले तिरेका थिए । यात्रुलाई गन्तव्यमा पुर्‍याएर फर्कंदा भने सवारी साधनले काठमाडौंका लागि यात्रु लान नपाउने जनाइएको छ ।

प्रकाशित : वैशाख ९, २०७७ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?