१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

धादिङमा जीप दुर्घटना, एक १ को मृत्यु, ८ घाइते

हरिहरसिंह राठौर

धादिङ — बेनिघाट रोराङ ४ आरन भञ्ज्याङमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

धादिङमा जीप दुर्घटना, एक १ को मृत्यु, ८ घाइते

मलेखु बजारबाट तरकारी बेचेर फर्केका किसानहरुलाई लिएर वडा नं ४ को खहरे जाँदै गरेको बा. १ क ८७३६ नम्बरको उक्त जीप अपरान्ह ४ बजे आरन भन्ज्याङको सडकबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो ।

जीप दुर्घटनामा मातातीर्थ औंसीमा आमाको मुख हेर्न आउँदै गरेकी ज्वालामुखी १ देविटारकी सरु बस्यालको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना घाइते भएको गजुरीस्थित प्रहरी नायब उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

सख्त घाइते भएका ३ जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ भने ३ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ । सामान्य घाइते २ जनालाई प्राथमिक उपचारपछि घर फर्केका छन् ।

प्रकाशित : वैशाख ७, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?