कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दोलखामा १ सय ५४ जनाको र्‍यापिड टेस्ट, सबै नेगेटिभ

राजेन्द्र मानन्धर

दोलखा — तीन दिनमा एक सय ५४ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्ट गरिएकोमा सबैको नेगेटिभ अर्थात् कोरोना संक्रमण नभएको पाइएको छ। वैशाख ३ देखि ५ गतेसम्म गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विभु झाले जानकारी दिए।

दोलखामा १ सय ५४ जनाको र्‍यापिड टेस्ट, सबै नेगेटिभ

हालसम्म कालिञ्चोक गाउँपालिकामा ८५ जना, गौरीशंकर गाउँपालिकामा ११ जना, मेलुङ गाउँपालिकामा दुई जना र भीमेश्वर नगरपालिकामा २९ जनाको र्‍यापिड टेस्ट गरिएको छ। परीक्षण गरिएकामध्ये धेरैजसो विदेशबाट आएकाहरु छन्। भीमेश्वर नगरपालिकाभित्र गरिएको परीक्षणमा केही सनसिटी अपार्टमेन्टमा बसेर आएका र सात जना कैदीबन्दी छन्।

हालसम्म दोलखाबाट १० वटा स्वाब संकलन गरी पठाइकोमा नौ वटाको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। एक जनाको नमुना संकलन गरिए पनि पठाउन बाँकी रहेको छ।

प्रकाशित : वैशाख ५, २०७७ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?