चन्द समूहका नुवाकोट सेक्रेटरी चौथो पटक पक्राउ

कृष्ण थापा

नुवाकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सेक्रेटरी विन्तोष सिलवाल चौथोपटक पक्राउ परेका छन् । हालै उनलाई पक्राउ गरी धादिङ हुँदै सुनसरी लगिएको छ ।

चन्द समूहका नुवाकोट सेक्रेटरी चौथो पटक पक्राउ

यसअघि पुस चौथो साता ककनी गाउँपालिका ४ बाट उनी पक्राउ परेका थिए । त्यतिबेला उनलाई प्रहरी टोलीसँग अभद्र व्यवहार भनिए पनि एनसेल टावरमा आगजनीको आरोपमा पक्राउ परेका थिए । उनलाई पहिला सार्वजनिक शान्ति सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट म्याद लिई हिरासतमा राखिएको थियो । पछि मुद्दा नुवाकोट अदालतमा पुगेपछि उनले २० हजार रुपैयाँ धरौटीमा छुट्न र धरौटी तिर्न नमानेपछि जिल्ला कारागारमा राखिएको थियो ।

नुवाकोट अदालतले स्रोतले कोभिड १९ को महामारीमा उनले बन्दीप्रत्यक्षीकरणमा एक वर्षभित्रका मुद्दामा कैद काटिरहेकाले रकम तिरेर छुटन् पाउने प्रावधानबाट उनी पुन: २० हजार रुपैयाँमा तिरी छुट्न खोजेका थिए । उनलाई कारागारबाट छुटेलगत्तै हातहतियार खरखजाना मुद्दामा प्रहरीले पुन: पक्राउ गरी धादिङ हुँदै सुनसरी पुर्‍याइएको छ ।

उनी साढे दुई वर्षअघि पत्रकार सम्मेलन गर्दागर्दै पक्राउ परेका थिए । त्यतिबेला उनी जिल्ला जनपरिषद् नुवाकोटका जनसरकार प्रमुख थिए ।

प्रकाशित : वैशाख ५, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?