कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तातोपानी नाकामा २० चालकलाई मात्रै पास

जनप्रतिनिधि छिर्न नपाउने
अनिश तिवारी

सिन्धुपाल्चोक — कोरोना भाइरसको रोकथाम गर्ने तयारीसहित खोलिएको चीन जोड्ने तातोपानी नाकामा सामग्री ढुवानीका लागि २० जना चालकलाई मात्रै सवारी पास दिइने भएको छ । चिनियाँ अधिकारी र नेपालतर्फबाट प्रमुख जिल्ला अधिकारी सहभागी रहेको बैठकले चालकलाई मात्रै पास दिने निर्णय गरेको हो । 

तातोपानी नाकामा २० चालकलाई मात्रै पास

तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार सवारी पास, नाकाको सुरक्षासम्बन्धी निर्णयसहित दुवै पक्षबाट नाका सुचारु गरिने भएको छ । चीनबाट नेपाल जोड्ने भोटेकोसी गाउँपालिका–२, तातोपानीस्थित मितेरी पुल पारी रहेको चिनियाँ यार्डस्थलसम्म मात्रै सवारी चालक पुग्न पाउनेछन् । त्यहाँ चिनियाँ सरकारी प्रक्रिया सहित ‘स्प्रे’, स्वास्थ्य परीक्षण सकिएपछि २० जना चालकको सवारी पास र यात्रा पुस्तिका बनाइने खत्रीले जनाए ।

‘त्यहाँको सबै डिटेल ल्याएर सम्पूर्ण ‘रेकर्ड’ राखेर पास बनाइएको छ, कसरी अगाडी बढ्ने भन्नेबारे कुरा हुदैछ, ’ उनले भने । तातोपानी नाका सुरक्षा संवेदनशिलतालाई लिएर अगाडी बढ्न प्रशासन, अध्यागमन, बन्दरगाह, सरकारी अधिकारीदेखि सुरक्षाकर्मीसम्म नाकासम्बन्धी सूचना आदानप्रदान हुने उनले सुनाए ।

गत बुधबार बेलुकी चीनबाट आवश्यक परीक्षण सकेर १९ बक्सा माक्स र १० बक्सा सेनिटाइजर नेपाल भित्रिएको थियो । सीमाक्षेत्रमा सुरुवाती हेल्थ डेस्क र भन्सार परिक्षण सकेर राजधानी लगेर नाका खुलाइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । ‘चीन र नेपालतर्फ स्वास्थ्य परिक्षणदेखि कन्टेनर चालकजस्ता संवेदनशिल विषयमा कडाइ हुनेछ, ’ उनले भने ।

जनप्रतिनिधिलाई छिर्न दिइएन्

चीनको न्यालकमा प्रमुख जिल्ला अधिकारी फिङ ल्यवी, नाका अधिकारी पुबु किरेन, न्यालम कस्टमका चिफ अफिसर छिङ गङ, न्यालम भन्सारका प्रमुख अधिकृत सेन च्वानेगाइङ्गसहित ७ प्रहरी अधिकारीले नेपालका प्रशासन र प्रहरीका प्रतिनिधिसँग छलफल गरेको थियो ।

नेपालतर्फका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, भन्सार अधिकृतदेखि सुरक्षाकर्मी सामेल भएपनि जनप्रतिनिधिलाई भने खबरसमेत नगरिएको भोटेकोशी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए । ‘तातोपानी नाका सुचारु हुने प्रक्रियामा स्थानीय सरकारलाई पुरा वेवास्ता गरिएको छ, यसमा हाम्रो भुमिका कति महत्वपूर्ण भन्नेबारे किन सोचिदैन् ? जनप्रतिनिधि सहभागी हुने नमिल्ने कस्तो गोप्य छलफल हो ?,’उनले प्रश्न गरे ।

नाकाबारे खबर पनि नभएपछि आफु छलफलमा सहभागी हुन नगएको सुनाउँदै चासो राख्न गएका केही वडाध्यक्ष र वडासदस्यलाई बैठक हलमा छिर्नसमेत दिइएको थिएन् । त्यसबाट जनप्रतिनिधि रुष्ट बनेका छन् ।

प्रकाशित : वैशाख २, २०७७ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?