कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जिरीमा विपन्नलाई सित्तैमा खाना

राजेन्द्र मानन्धर

काठमाडौँ — जिरी नगरपालिकाभित्र भएका विपन्नका लागि स्थानीय होटलहरुमा निशुल्क खाना खुवाउन थालेका छन् ।

कोभिङ— १९ को संक्रमण नियन्त्रण गर्न जारी लकडाउनका कारण खानाको अभाव हुने व्यक्तिहरुलाई बिहान बेलुकी खानाको व्यवस्था गरिएको हो । जिरी नगरपालिकाका मेयर टंक जिरेलका अनुसार ज्याला मजदुरी गरेर बिहान बेलुकी छाक टार्ने, सडकमै जीवन गुजारा गर्नेहरुका लागि स्थानीय होटलहरुमा खानाको व्यवस्था मिलाइएको छ ।


नेपाल प्रहरीको रासन टेन्डरको दररेटमा होटलहरुलाई प्रतिछाक खानाको भुक्तानी गर्नेगरी नगरपालिकाले व्यवस्था मिलाएको मेयर जिरेलले जानकारी दिए । खाना खानेहरुले सर्वप्रथम नगरपालिकामा सूचिकृत हुनुपर्ने र तोकिएको होटलमा गएर खाना खानुपर्ने व्यवस्था मिलाइएको छ । त्यस्तो व्यवस्था गरिएपछि तत्काल राहत वितरण गरिने दबाब कम भएको छ । तर होटलमा गएर खाना खाने व्यक्तिहरु भने कमैमात्र छन् ।


उक्त नगरले कोभिड— १९ विरुद्धको पूर्वतयारमिा जिरी अस्पतालमा विशेष सुविधासहितको आइसोलेसन कक्षको निर्माण गरेको छ । चार शय्याको आइसोलेसन कक्ष सरकारले तोकिए अनुसार मापदण्ड पूरा गरी निर्माण गरिएको मेयर जिरेलले जानकारी दिए । उक्त अस्पतालमा शंकास्पद बिरामीको स्वाब परीक्षण कार्य पनि सुरु गरिएको छ । पाँच शय्याको क्वारेन्टाइन तयार पारिएको र आवश्यकता परे दुईदिनभित्र दुईसय शय्याको क्वारेन्टाइन निर्माण गर्न सकिने जानकारी मेयर जिरेलले दिए ।

प्रकाशित : चैत्र २७, २०७६ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?