लकडाउनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पौडेल

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनको समया स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । कोरोना भाइरस नियन्त्रणका सन्दर्भमा मुलुक लकडाउन भएको अवस्थामा स्थानीय तहले खेलेको भूमिकाको मुख्यमन्त्री पौडेलले प्रशंसा गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको कोरोना भाइरस (कोभिड– १९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी भएको सर्वदलीय बैठकमा पौडेलले स्थानीय सरकारको भूमिकालाई संघ तथा प्रदेश सरकारले मूल्याकंन गरेको बताए ।

विश्वभरी चुनौतीका रूपमा फैलिएको महामारीलाई पराजित गर्न सबै एकसाथ लाग्नुपर्ने उनको भनाइ थियो । हाल कोरोना भाइरस विरुद्ध तीनै तहका सरकार एकजुट भएर लडिरहेका उनले बताए ।

कोरोना विरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा खटिरहेको भन्दै प्रदेशको साधन, स्रोत र क्षमताअनुसार काम गरिरहेको उनले बताए । ‘अहिले पनि धेरै चुनौतीकाबीचमा काम भइरहेका छन्, लकडाउन सुरुवाति चरणमा छ, अब अझै चुनौतीपूर्ण हुनसक्छ, हामी झन् धेरै सचेत हुनुपर्ने आवश्यकता रहेको छ । यो समय सबैको हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बेला हो’, उनले भने ।

सांसद विरोध खतिवडाले कोरोनाबाट प्रभावित दैनिक ज्यालादारी मजदुरको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्ने बताए । राहत वितरणमा पहिलेभन्दा पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ थियो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले १३ वटै जिल्लाका १ सय १९ वटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको बताए । विपद् व्यस्थापन समितिले जिल्लामा ५ लाख, गाउँपालिकामा १० लाख, नगरपालिकामा १२ लाख, उपमहानगरपालिकामा १५ लाख र महानगरपालिकामा २० लाख रुपैयाँका दरले रकम पठाइसकिएको जानकारी उनले दिए ।

सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको संक्रमणको आशंका हुन बित्तिकै परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । अहिले पनि सबै मापदण्डअनुसार क्वारेन्टाइन र आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।


प्रमुख प्रतिपक्षी कांग्रेस वाग्मती प्रदेशका नेता ईन्द्रबहादुर बानियाँले राहत वितरणमा एकद्वार प्रणाली हुनुपर्ने बताए । अहिलेको सन्दर्भमा दुर्गम र विकट ठाउँमा राहतको आवश्यकता पर्न थालेको भन्दै सो स्थानमा पठाउन सुझाव दिए ।

प्रकाशित : चैत्र २७, २०७६ १०:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मुलर बायर्नमा थप दुई वर्ष

म्युनिख

एजेन्सी — बायर्न म्युनिखका फरवार्ड थोमस मुलरले दुई वर्षका लागि सम्झौता नवीकरण गरेका छन् । यससँगै उनी बायर्नमा सन् २०२३ सम्म रहनेछन् । २००९ मा बायर्न आएयता जर्मनीका ३० वर्षे यी अन्तर्राष्ट्रिय खेलाडीले ५ सयभन्दा बढी खेल खेल्दै १६ प्रमुख उपाधि जितिसकेका छन् ।


‘यो क्लब मेरा लागि पुरानो रोजगारदाता मात्र नभएर धैर्य पनि हो,’ बुन्डेसलिगामा १ सय १६ गोल गरिसकेका मुलरले भने, ‘यहाँ अर्को दुई वर्ष बिताउन पाउँँदा म खुसी छु । मैदानभित्र र बाहिर म आफ्नो तर्फबाट सबै योगदान दिने छु ।’ बार्यन अहिले बुन्डेसालिगामा ४ अंकको फरकमा शीर्षस्थानमा छ । कोरोना भाइरसको त्राससँगै विश्व नै संकटमा रहेको अवस्थामा बुन्डेसलिगाका खेल पनि अप्रिल ३० यता हुन सकेका छैनन् ।

‘हामी पुनः खेल्नेमा म निश्चित छु, त्यसपछि हामी हाम्रो सफलतालाई पनि निरन्तरता दिने छौं । यसले मलाई हौसला दिनेछ,’ मुलरले भने । बायर्नको ट्रेनिङ यस साता सुरु भएको छ र खेलाडीलाई ५ समूह बनाएर प्रशिक्षण गराइएको छ ।

प्रकाशित : चैत्र २७, २०७६ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×