कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

१४ लाख कुखुरा मारिदिन ज्ञापन

सुवास विडारी

मकवानपुर — लकडाउनका कारण मारमा परेको भन्दै मकवानपुरका किसानले आफ्नो खोरमा रहेका सबै कुखुरा नष्ट गरिदिन प्रशासनसमक्ष आग्रह गरेका छन् । कुखुरा व्यवसायी संघले बुधबार जिल्लाभर रहेका १४ लाख कुखुरा सरकारी अभिलेख राखेर मारिदिन प्रजिअ दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएको हो ।

१४ लाख कुखुरा मारिदिन ज्ञापन

‘जिल्लामा १ हजार ५ सय कुखुरापालक किसान छन् । उनीहरूको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पाँच अर्बभन्दा बढी लगानी डुब्ने अवस्थामा छ’, संघका जिल्ला अध्यक्ष राजु अधिकारी भने । उनले उद्योगहरूले विभिन्न बहानामा दानाको भाउ बढाएर दुःख दिएको आरोप लगाए ।


‘बिस्तारै दाना आउने क्रमसमेत रोकिएको छ । कुखुराको लागतभन्दा कममा बेच्दा समेत बिक्री हुने अवस्था छैन । कुखुरा र अण्डाको मूल्य अत्यधिक घटेको छ । लकडाउनको समय लम्बिए खोरमै कुखुरा मर्ने अवस्था सिर्जना हुन्छ’, अधिकारीले भने ।


उनले सरकारी तबरबाट कुखुराको तथ्यांक राखेर नष्ट गरिदिन, किसानका लागि राहत प्याकेज उपलब्ध गराउन, बैंकको ब्याज मिनाहका लागि माथिल्लो निकायको ध्यानकर्षण गराइदिन प्रजिअ नेपाललाई आग्रह गरे । नेपालले दानालाई सरकारले अत्यावश्यक सामग्रीको सूचीमा राखेको भन्दै आफू सहजीकरण गर्न तयार रहेको प्रतिक्रिया दिए ।

प्रकाशित : चैत्र २६, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?