कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

शंकास्पद १७ जनामा कोरोना देखिएन

काभ्रे — कोरोना संक्रमणको आशंकामा नमुना संकलन गरिएका १७ जनाको नेगेटिभ रिपोर्ट आएको छ । जिल्लामा नै पहिलो पटक धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ । 

फ्रान्सबाट आएकी संक्रमित युवतीसँगै एउटै फ्लाइटमा आएका पाँच जनामा पनि कोरोना नदेखिएको जनाइएको छ । धुलिखेल अस्पतालमा

आइतबारबाट सुरु भएको परीक्षणमा विदेशबाट हालै फर्किएकाको परीक्षण गरिएको थियो । सबैको नतिजा नेगेटिभ आएपछि भेरिफाई गर्न टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुन: परीक्षण गर्दा पनि संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

प्रकाशित : चैत्र २५, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?