कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भरतपुरको प्रयोगशालाबाट पहिलो नतिजा सार्वजनिक, कसैमा कोरोना देखिएन

रमेशकुमार पौडेल

चितवन — भरतपुरमा सञ्चालनमा आएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण प्रयोगशालाले पहिलो पटकको परीक्षण नतिजा सार्वजनिक गरेको छ। राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा गरिएको सबै २१ वटै नमुना नेगेटिभ देखिएको छ।

भरतपुरको प्रयोगशालाबाट पहिलो नतिजा सार्वजनिक, कसैमा कोरोना देखिएन

अर्थात् कसैमा कोरोना भाइरसको संक्रमण देखिएन। सोमबारदेखि प्रयोगशालामा नमुना संकलन सुरु गरेर मंगलबार पहिलो नतिजा सार्वजनिक भएको हो।

कोरोना नियन्त्रण कार्यदलयमा रहेर प्रयोगशाला निर्माणको संयोजन गरेका क्यान्सर अस्पतालका चिकित्सक डा. कृष्णसागर शर्माले सुरुवताका सबै नमुनामा कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी गराए। भरतपुरको कोरोना विशेष अस्थायी अस्पतामार्फत नमुना संकलन गरेर दैनिक ११ बजेभित्र प्रयोगशालामा नमुना ल्याउने र अर्को दिन १० बजेभित्र नतिजा सार्वजनिक गर्ने व्यवस्था मिलाइएको उनले बताए।

पक्षीरोग अन्वेषण प्रयोगशालामा बर्ड फ्लुको भाइरस परीक्षण गर्न सन् २०१३ मा प्रयोगशाला तयार भएको थियो। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको बायो टोक्नोलोजी ल्याबमा भएको पीसीआर मेसिन अहिले कोरोना परीक्षण प्रययोगशालाका लागि उपयोग भएको छ।

प्रयोगशाला स्थापना गर्न नेपाल स्वास्थ्य व्यवसायी परीषदका रजिष्ट्रार पुष्पराज खानालको नेतृत्वमा टेकु प्रयोगशालाका भाइरोलोजिष्ट विमलेश झा र मलिकुलर एक्सपर्ट सुलभ शर्मा भरतपुर आएका थिए। प्रयोगशालाबाट एकपटक ९० वटा नमुना परिक्षण गर्न सकिन्छ।


प्रकाशित : चैत्र २५, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?