लकडाउनमा तास खेल्ने पक्राउ

गोरखा — गोरखा नगरपालिका–९ लक्ष्मिबजारबाट तास खेलिरहेका पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १६ हजार ३ सय २० नेपाली र दुई हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । ‘तास खेल्नु गैरकानुनी मानिन्छ, फेरि अहिले लकडाउनको बेला मान्छे जम्मा नहुनु भनिएको छ,’ एसपी ओम अधिकारीले भने । 

लकडाउनमा तास खेल्ने पक्राउ

लकडाउनको बेला जमघट गर्ने, तास खेल्ने, भोज लगाउने लगायत गतिविधि पाएपछि प्रहरीले निगरानी बढाएको छ । लकडाउन सुरु भएयता पालुङटार र छेवेटारबाट यसअघि पनि जुवाडेका समूह पक्राउ परेका थिए ।


सरकारले कोरोना भाइरस संक्रमणको न्यूनिकरणका लागि चैत ११ गतेदेखि लडकडाउन जारी राखेको छ ।


प्रकाशित : चैत्र २४, २०७६ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?