मकवानपुरमा लकडाउनलाई कडाई गर्ने प्रशासनको निर्णय

सुवास विडारी

(मकवानपुर) — लकडाउन अवज्ञा गर्ने बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कडाई गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले लकडाउन प्रभावकारी बनाउने निर्णय गरेको हो । 

मकवानपुरमा लकडाउनलाई कडाई गर्ने प्रशासनको निर्णय

बैठकले मकवानपुरमा लकडाउन प्रभावकारी बनाउन कडाइका गर्नुका साथ प्रहरी परिचालन गर्ने, बजारमा अनावश्यक भीड बढेको र कोरोना संक्रमणको जोखिम बढेको भन्दै मकवानपुरमा सोमबारबाट अत्यावश्यक बाहेकका सवारी साधन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।


औषधि किन्न जान लागेको, खाद्यान्न तरकारी किन्न जान लागेको भन्दै सर्वसाधारणहरु अनावश्यक रुपमा मोटरसाइकलमा हिँडेको पाइएकोले ठूलो संख्यामा प्रहरी परिचालन गरी सोधपुछमा कडाइ गरिएको उनले बताए । 'प्रहरीलाई शंका लागेमा सोधपुछ गर्छ, अत्यावश्यक भन्दै झुटो बोलेर बजार डुलेको पाइएमा नियन्त्रणमा लिई कडा कारबाही गर्छौं,' उनले भने ।


१ सय ३५ सवारी नियन्त्रणमा

मकवानपुर प्रहरीले लकडाउनको १४ औं दिन सोमबार १ सय ३५ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन उल्लंघन गरी चलेका १ सय ३५ सवारी र पसल खोल्ने, व्याड्मिन्टन खेल्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको लिएको हो ।


मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक सुजन पाठकले लकडाउन बेवास्ता गर्दै सवारी सञ्चालन गरेपछि नियन्त्रणमा लिएको बताए ।

प्रकाशित : चैत्र २४, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?