जिल्लाबाहिरका मजदुरलाई खाद्यान्न वितरण

कृष्ण थापा

नुवाकोट — विभिन्न जिल्लाका मजदुरलाई तादी गाउँपालिकाले खाद्यान्न प्रदान गरेको छ। बाहिरी जिल्लाबाट आई गाउँपालिकाभित्रको विकास आयोजना सडक, खानेपानी, विद्युत तथा भवन निर्माणमा खटिएका ७८ मजदुरलाई राहत दिइएको गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए।



उनीहरुलाई एक किलो चिनी, दुई लिटर खानेतेल, तीन किलो दाल र १५ किलो चामल प्रदान गरिएको छ। अध्यक्ष पाण्डेका अनुसार उनीहरु सप्तरी, दाङ, सल्यान, रुकुमलगायत जिल्लाका छन्।


त्यसैगरी विपन्न वर्गको लगत संकलन गरिसकिएको र वडा कार्यालयमार्फत उनीहरुलाई छिट्टै राहत दिइने गाउँपालिकाले जनाएको छ। हालसम्म ७ सय जनाको नामावली आएको अध्यक्ष पाण्डेल जानकारी दिए।


गाउँपालिकामा वैदेशिक रोजगारीबाट आएका ९ जना होम क्वारेन्टाइनमा बसेका छन्। खरानीटार अस्पतालमा ६ बेडको आइसोलनेस वार्ड तथा खरानीटार र अमरज्योति क्याम्पसमा २२ बेडको क्वारेन्टाइन बनाइएको छ।

प्रकाशित : चैत्र २४, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?