ट्याक्टर दुर्घटनामा ४ घाइते 

रामेछाप — जिल्लाको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरमा शनिबार साँझ ट्याक्टर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । तीमध्ये ट्याक्टरका सहचालक झपड नेपाली सख्त छन् । उनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार जिरीबाट खाद्यान्‍न लिएर भुजि गएको लु ३ त २६८७ नम्बरको ट्याक्टर फर्केर गुप्तेश्वरतर्फ जाँदैगर्दा सडकबाट करिब सय मिटर तल खसेको थियो ।


घाइतेमध्ये एक जनालाई मन्थली रेफर गरिएको छ भने अन्य दुईको गुप्तेश्वर स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको प्रहरी नायव उपरीक्षक पाठकले बताए ।

प्रकाशित : चैत्र २२, २०७६ २२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?