कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नुवाकोटका तीन जनाको रिपोर्ट नेगेटिभ 

नुवाकोट — कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएका नुवाकोटका तीन जनाको  रिपोर्ट नेगेटिभ आएको छ ।

दुबईबाट स्वदेश फर्केका विदुर नगरपालिका एक, भारतबाट आएका शिवपुरी गाउँपालिका र तारकेश्वर गाउँपालिका एक/एक जनाको रिपोर्ट नेगेटिभ आएको त्रिशूली अस्पतालले जनाएको छ ।

उनीहरुलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि त्रिशूली अस्पतालको आइसोलेसनमा राखिएको थियो । शिवपुरीका एक जनालाई सिधैँ काठमाडौको टेकुस्थि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइएको थियो ।

उनीहरु तीनै जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा कोभिड–१९ को संक्रमण नभएको त्रिशूली अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट रेमकुमार राईले बताए ।

प्रकाशित : चैत्र २२, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?