कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लकडाउनमा तस्करी

हरिहरसिंह राठौर

धादिङ — लकडाउनको समयमा काठतस्करी, अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्ने समूह सक्रिय भएका छन् । धादिङको ज्वालामुखी –१ मैदीमा प्रहरीले चोरी निकासी हुन लागेका अवैध काठ बरामद गरेको छ ।

लकडाउनमा तस्करी

चिरान गरेको ३७ थानको ६०.७३ क्युफिट तयारी सालको काठ गाडीमा राख्दै गरेको अवस्थामा बिहीबार बरामद गरिएको हो ।


ढल्पु सामुदायिक वन उपभोक्त समितिमा काठ लोड गरिरहेको बा ४ ख १७२७ नम्बरको मिनी ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । लकडाउन कार्यान्वयन गराउन खटिएको गस्ती टोलीले काठ बरामद गरेको जिल्ला प्रहरी प्रमुख रविन्द्र सुवेदीले बताए । मैदी प्रहरी चौकी र सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको सक्रियतामा तस्करीमा प्रयोग गरिएको मिनी ट्रक डिभिजन वन कार्यालय धादिङमा बुझाएको सामुदायिक वन उपभोक्त समिति अध्यक्ष शिवनारायण श्रेष्ठले बताए । ट्रक चालक फरार छन् ।


यस्तै सदरमुकाम वरपरका खोला, बुढीगण्डकी र शाखा नेत्रावती खोलाका तालतलैयाहरुमा दैनिक करेन्ट लगाएर, विस्फोटन गराएर माछा मार्ने गरिएको पाइएको छ । स्थानीय प्रहरी कोरोनाविरुद्ध खटिरहेका बेला अवैध रुपमा माछा मार्ने क्रम बढेको हो ।

प्रकाशित : चैत्र २१, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?