कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

डराई–डराई खेतीपातीको चटारो, किसान भन्छन्- नगरे काम पाइँदैन खान

राजकुमार कार्की

सिन्धुली — हातमा कोदालो लिएर उनी खेतमा झरिन्, उनले बोलाएका जन पनि आइपुगे । कुमालफाँटमा मकै लगाएको गह्रो सुकेर खरपट्ट भइसकेको थियो  । उम्रिएका मकै पनि पहेंलिन थालेको थियो । गोड्न समय र्घर्किए मकै सप्रिने छाँट थिएन ।

डराई–डराई खेतीपातीको चटारो, किसान भन्छन्- नगरे काम पाइँदैन खान

कमलामाइ-४ की निरु सापकोटाले १५ जना जन लगाएर १५ कट्ठा खेतको मकै गोडेपछि सन्तोषको सास फेरिन् 'कोरोनाको डर भनेर के गर्नु मकै भएन भने हामी किसानको उठिवास नै लाग्छ,' उनले भनिन्, 'जन लगाएर मकै गोडाएँ, अब ढुक्क भयो ।' कोरोना भाइरसका बारेमा उनले बराबर सुनेकी छन् । त्यसबारे सचेत भएरै खेतमा एकअर्काबीच दुरी राखेर काम गराएको उनले बताइन ।

'रोग आउँछ भनेर डराएर बसेर पनि भएन । आ-आफ्नो काम बाहिरकासँग छेउछाउ नपरी गर्दा त हुने हो भनेर खेतमा पसियो,' उनले भनिन् ।एकैदिनमा काम सक्नका लागि उनले आफू र कृषि मजदुरका लागि खेतमै खानाको व्यवस्था गरेकी थिइन । 'बाहिरबाट आएका गाउँमा कोही नभएकाले हामी-हामीमा त्यो कोरोना नलाग्ला भन्ने ठानियो,' उनले भनिन्, 'नगरी काम पाइन्न खान । त्यसैले कोरोनाका कुरा थाहा हुँदाहुँदै पनि हात बाँधेर घरै बस्न गाह्रो भयो ।'

बाहिरबाट संक्रमण लिएर आउनेलाइ पहिचान गरि उपचारमा राख्नुपर्ने यहाँका किसानलाई थाहा छ । 'खेतीकिसानी गर्नेलाइ के को डर ?,' काम गर्दै गरेकी सुष्मा आछामीले भनिन्, 'गाइवस्तु पाल्नेका लागि मकै खेती नभए बेसाउनु पर्छ, त्यो कुरा बुझ्नु परोनी ।'

सिन्धुलीको कमलामाइ-४ टारीमा किसान गहुँ काट्दै

यतिबेला यहाँ मकै गोड्ने मल हाल्ने बेला हो ।सरकारले घोषणा गरेको लकडाउन सुरुवातका केही दिन घरै बसेका किसान यतिबेला खेतबारीमा निस्केका छन् ।बाहिरबाट आएकाहरू कोही नभएकाले खेतबारीमा काम गर्न आफन्त र छरछिमेकको सहयोग लिनेहरूको संख्या धेरै छ।

'काम गर्न पनि रोक लगाइएको थियो, यो अन्याय भयो भनेको फेरि गर्नु भनेको रहेछ,' अर्का किसान सन्तोष बोहोराले भने, 'भेला जम्मा नभइ आफ्नो काम गर्न अब कुनै बाधा छैन । जुन काम हामीले गर्दै आएका छौं, नगरे कसरी मुखमा माड लाग्छ ?' आफ्नै परिवारसहित खेतमा मकै गोड्दै उनले यो चटारोका बेला पनि किसान कोरोनाबारे सतर्क रहेको बताए । सिन्धुलीका किसानलाई यतिबेला गहुँ भित्र्याउन पनि उत्तिकै चटारो

लकडाउन रहेकाले सदरमुकाम सिन्धुलीमाढीको बजार क्षेत्र सुनसान छ । बजार र यातायात बन्द छ । आसपासका गाउँमा भने बाली लगाउने भित्र्याउने चटारोले चहलपहल किसानहरू मकै गोड्दै, गहुँ काट्दै र मुसुरो उखेल्दै गरेका देखिन्छन् । चैते धान लगाउन पनि व्यस्तता उतिकै छ ।

वर्षदिनसम्म खाने बालीनाली उब्जने खेत बाँझै बस्ने भएपछि सतर्कता अपनाएर किसानले काम गरिरहेका कमलामाइ-४ का कृषि प्राविधिक जहानबहादुर कार्की बताउँछन् आफैं पनि गहुँ काट्न खेतमा पसेका उनले भने 'कोरोना भाइरसको संक्रमणबाट जोगिन सतर्कता पनि अपनाएका छौं सिजनको बाली नलगाए भोलिका दिनमा भोकमरीमा परिन्छ ।'

जिल्लामा अन्न उत्पादनका लागि उर्वर मानिने कमलाखुँज, मरिण क्षेत्र र तीनपाटन लगायतका किसानलाई यतिखेर व्यस्त छन् । तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले बालीनाली लगाउने भित्र्याउने काम जारी राखेका किसानलाई सतर्कता अपनाउन आग्रह गरिरहेको बताउँछन् । 'वर्षा भइरहेकाले पाखाभित्ताका बारी चिसो भएपछि किसानहरु मकै छर्दैछन्, सुरक्षित भएर आफ्नो काम गर्दा बाधा नहोला,' उनले भने ।

कृषि ज्ञान केन्द्रका अनुसार सिन्धुली जिल्लाको हजार १ सय ५० हेक्टर जमिनमा बर्सेनि गहुँ खेती हुन्छ भने २७ हजार १ सय ६० हेक्टरमा मकै हजार १९ हेक्टर जमिनमा तेलहन बालीको खेती हुँदै आएको

प्रकाशित : चैत्र २१, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?