१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

लकडाउन उल्लंघन गर्ने कर्मचारी स्थानीयको नियन्त्रणमा

बलराम घिमिरे

रसुवा — लकडाउनको समयमा पासको दुरुपयोग गरी घुम्न हिँडेका सरकारी कर्मचारीलाई गत्लाङका स्थानीयले नियन्त्रणमा लिएका छन् । 

पार्वतीकुण्ड घुम्न पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुखसहित पाँच कर्मचारीलाई स्थानीयले बुधबार साँझ नियन्त्रणमा लिएका हुन् । जिल्ला प्रशासन कार्यालय रसुवाबाट धुन्चेदेखि बेत्रावतीसम्मको पास लिएको बा २ झ ३८७९ नम्बरको उक्त गाडी बुधबार दिउँसो पार्वतीकुण्ड पुगेको थियो । पार्वतीकुण्ड आमाछोदिङ्मो गाउँपालिका–३, गत्लाङमा पर्छ ।

पार्वतीकुण्डबाट फर्कने क्रममा नियन्त्रणमा लिएको स्थानीयहरुले बताएका छन् । उनीहरू स्याफ्रु, गोल्जुङ हुँदै गत्लाङ गएका थिए । गाडी अहिले प्रहरीको नियन्त्रणमा छ ।


लकडाउन उल्लंघन तथा पासको दुरुपयोग गरेको बारे कर्मचारीसँग स्पष्टिकरण सोधिने र छानबिन गरेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?