चट्याङ् लागेर एकको मृत्यु, ३ घाइते

धादिङ — धादिङको खनियाबास २ गोर्गाङमा बुधबार दिउसो परेको चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ ।

घरको आागनमा कुखुराको खोर बनाउदै गरेका ४० वर्षीय रामसिंह तामाङको चट्याङ् पर्दा घटनास्थलमै मृत्यू भएको धादिङ प्रहरीले जनाएकोछ ।


त्यस्तै झार्लाङको अन्य २ स्थानमा चट्याङ् लागेर थप ३ जना पनि घाइते भएका छन् । र्झालाङको थलि टोलका मनमाया तामाङ, पार्वती तामाङ र र्झालाङ क्यूका आशामाया तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।


थलिमा परेको चट्याङ्ले फुलबहादुर तामाङ र कान्छा तामाङको घरमा क्षति भएको प्रहरीले बताएको छ ।

प्रकाशित : चैत्र १९, २०७६ २२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?