१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मोटरसाइकल दुर्घटनामा पत्‍नीको मृत्यु, पति घाइते

सुवास विडारी

(मकवानपुर) — पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयामा  बुधबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । उनीहरु पतिपत्‍नी हुन् ।

मकवानपुरबाट चितवनतर्फबाट जाँदै गरेको ना. ६३ प ५६९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो हो । मोटरसाइकल चालक घाइते भएको इलाका प्रहरी कार्यालय नेवारपानीका प्रहरी सहायक निरीक्षक राजेशकुमार यादवले जानकारी दिए । मृत्यु हुनेमा मोरङ सुन्दर हरैंचा नगरपालिका–४ बस्ने ३० वर्षीया विनिता घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ ।


त्यसैगरी दुर्घटनामा घाइते हुनेमा मोटरसाइकल चालक सोही स्थानका ३३ वर्षीय लिलामणि घिमिरे रहेको र उनको थप उपचारका लागि हेटौंडा अस्पतालमा भइरहेको छ । तीव्रगतिमा हुइँकिएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।



प्रकाशित : चैत्र १९, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?