कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

निर्माण सामग्री र खाद्यान्न अभावपछि नौ सय मजदुर फिर्ता

टीकाप्रसाद भट्ट

रामेछाप — भारत र अन्य जिल्लाबाट रामेछापमा ज्याला मजदुरी गर्न आएका मजदुरमध्ये मंगलबार साँझसम्म करिब ९ सय जनालाई स्थानीय प्रशासनले सवारी पास दिएर घर फिर्ता पठाएको छ । घर पठाइएकाहरुमा केही भारतीय नागरिक समेत छन् । 

जिल्लामा विद्यालय, निजी आवास पुननिर्माण र सडक पूर्वाधारलगायतमा कार्यरत मजदुरले काम नपाएपछि सवारी साधनको व्यवस्था गरी घर फिर्ता पठाइएको हो । निर्माण सामग्री र मजदुरका लागि खाद्यान्‍न जुटाउन नसकेपछि गाडी व्यवस्था गरी घर पठाइएको हो । उनीहरुलाई पठाउन गाडीको व्यवस्था निर्माण व्यवसायीहरुले गरेका थिए ।


यसैबीच बुधबारदेखि स्थानीय प्रशासनले सवारी पासलाई कडाई गरेको छ । सवारी पास लिनेका कारण संक्रमणको त्रास फैलिएको भन्दै स्थानीय प्रशासनको आलोचना भइरहेको बेला सवारी पासमा कडाई गरिएको हो ।


मंगलबार बिनाअनुमति ३३ जना यात्रु खाँदेर रामेछापको दोरम्बा आउँदै गरेको जिप राकाथुममा दुर्घटना परेपछि सवारी पासको निन्दा भएको थियो । स्थानीय बासिन्दाले सवारी पासका कारण निर्बाध सवारी चलेको भन्दै त्यसलाई नरोके लकडाउनको अर्थ नरहने गुनासो गरेका थिए ।


जिल्ला प्रशासन कार्यालय रामेछापले मात्र लकडाउनको अवधिमा करिब ४ सय सवारी पास उपलब्ध गराएको जनाएको छ । बाहिरी जिल्लाबाट पास लिएर जिल्ला भित्रिने सवारी साधनको संख्या त्यसको झण्डै दोब्बर छ ।


प्रकाशित : चैत्र १९, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?