कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

घरघर पुगेर स्वास्थ्य सेवा

प्रताप विष्ट

हेटौंडा — लकडाउनको समयमा मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाका चिकित्सकहरु घरघर गएर स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । फागुन १५ यता विदेशबाट आएकाहरुको पनि सेल्फ क्वारेटाइनमा राखेर चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । 

घरघर पुगेर स्वास्थ्य सेवा

थाहा नगरपालिका भित्रका ९ वटा स्वास्थ्य संस्थाहरुले नियमित रुपमा संस्थाबाट नै स्वास्थ्य सेवा दिइरहेका छन् । स्वास्थ्य संस्थामा आउन नसक्ने बिरामीहरुलाई चिकित्सकको टोली घरमा नै पुगेर स्वास्थ्य सेवा दिने गरेको मेयर लवशेर विष्टले बताए । ‘त्यस्ता बिरामीलाई औषधि पनि निशुल्क रुपमा दिने गरेका छौं ।’ उनले भने ।

उक्त नपाका स्वास्थ्य संस्थाहरुले मंगलबार एक सय ९८ जनालाई स्वास्थ्य सेवा दिएका थिए । ११ जना बिरामीलाई घरमा नै पुगेर चिकित्सकले सेवा दिए । विभिन्न काम विदेश गएका फागुन १५ गते पछि गाउँ आएकाको संख्या ७९ जना रहेका छन् । उनीहरु सेल्फ क्वारेन्टाइनमा छन् । थाहा नगरपालिकाले २५ बेडको क्वारेन्टाइन तयार पारिसकेको छ । थाहा नगरपालिकालाई पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले ७२ हजार मूल्य बराबरको ६ सय बोतल स्यानीटाइजर सहयोग गरेको छ ।

सहकारीद्वारा स्यानीटाइजर उत्पादन

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिडेटले स्यानिटाइजर उत्पादन गर्न थालेको छ । सहकारी संस्थाले विगत एक सातादेखि सहकारी संस्थाको भवनमै स्यानीटाइजर उत्पादन गर्न थालेका हुन् ।

स्यानीटाइजर उत्पादनका लागि उक्त सहकारीले ७ जनालाई काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनको सहयोगमा नार्कमा तालिममा पठाएको थियो । तालिमबाट फर्केपछि उनीहरुलाई नै परिचालन गरेर स्यानीटाइजर उत्पादन थालेको सहकारीका कोषाध्यक्ष सानुकाजी गोपालीले जानकारी दिए । सहकारीले २ हजार ५ सय लिटर स्यानिटारजर उत्पादन गरेर बिक्री गरिसकेको सचिव गोपालीले बताए । बजारमा सहजै स्यानीटाइजर उपलब्ध नभइरहेको सन्दर्भमा सहकारीको उत्पादनले सहज भएको स्थानीयले बताएका छन् । सहकारीले उत्पादन गरेको स्यानीटाइजर सय एमएलको १ सय २० रुपैयामा बिक्री गर्ने गरेका छन् । अरु कम्पनीका स्यानीटाइजर बजारमा अभाव छ ।

सहकारीको उत्पादन पछि स्थानीयले स्यानीटाइजर सहज र सुपथ मूल्यमा पाएको सहकारीका अध्यक्ष पुरुषोत्तम कार्कीले बताए । स्यानीटाइजरका लागि आवश्यक कच्चा पदार्थ वीरगन्ज र काठमाडाैंबाट ल्याउने गरेको छ ।

प्रकाशित : चैत्र १९, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?