१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कोरोनाविरुद्ध लड्न अस्पताललाई नगद सहयोग

राजकुमार कार्की

सिन्धुली — कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिने चिन्ताका बीच गाउँगाउँमा क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण भइरहेका छन् । सिन्धुली अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने क्षमताको बनाउन सहयोग गर्नेहरू पनि बढ्न थालेका छन् ।

कोरोनाविरुद्ध लड्न अस्पताललाई नगद सहयोग

सिन्धुली अस्पतालका लागि चिकित्सकीय सामाग्री खरिद तथा अन्य प्रयोजनका लागि समाजसेवी मोहनविक्रम थापाको स्मृतिमा उनकी श्रीमती उर्मिला थापाले २ लाख रुपैयाँ सहयोग गरेकी छन् । उक्त रकमबाट अस्पतालमा आइसोलेसन वार्ड र क्वारेन्टाइनमा शय्या थपिने अस्पताल विकास समितिले जनाएको छ । थापा परिवारले यसअघि पनि अस्पताललाई सहयोग गर्दै आएको थियो ।

उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामाग्री खरिद गर्न, अस्पतालको अन्य व्यवस्थापनका साथै विपन्न र असहाय बिरामीको उपचारका लागि सहयोग गरेको थापाका छोरा उज्वलविक्रम थापाले बताए । मिलेर महामारीको सामना गर्नका लागि आफूले सहयोग गरेको उनको भनाइ थियो ।

अस्पताललाई सिद्धेश्वर खानेपानी आयोजनाले ५० हजार रुपैयाँ, डबिन्द्र थापाले ५० हजार रुपैयाँ, विजय कुँवरले २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

सहयोगबाट जम्मा भएको रकमले अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य उपचारका उपकरण र अन्य सामग्री खरिद गरिने समितिका अध्यक्ष प्रह्लाद पोखरेलले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?