१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मजदुरलाई घर पठाउन सवारी पास

कृष्ण थापा

नुवाकोट — बाहिरी जिल्लाबाट आएर विकास निर्माण खटिएका र इँटा भट्टामा कार्यरत मजदुरलाई घर फर्काउन जिल्ला प्रशासन कार्यालयले सवारी पास वितरण गर्न थालेको छ । सोमबार अपरान्हसम्म साढे चार सय वटा पास वितरण भएको प्रशासनले जनाएको छ । 

मजदुरलाई घर पठाउन सवारी पास

‘काम नभएर अलपत्र परेका कामदारलाई सम्बन्धित आयोजना वा इँटा भट्टले नै उनीहरुको घरसम्म पुर्‍याउने गरी पास दिइएको हो,’ प्रजिअ द्रोण पोखरेलले भने । जिल्लामा विद्युत आयोजना, सडक निर्माण र इँटा भट्टामा गरी करिब चार हजारको संख्यामा बाहिरी जिल्लाका कामदार नुवाकोटमा कार्यरत रहेका स्थानीय प्रशासनले जनाएको छ ।


मजदुरहरुको संख्या इँटा भट्टामा बढी छ । लकडाउन थपिएपछि उनीहरुको जीवनयापन कष्टकर नहोस् भनेर घरसम्म पठाउन लागिएको नुवाकोट इँटा व्यवसायी संघका अध्यक्ष जयबहादुर लामाले बताए । जिल्लामा सानाठूला गरी तीन हजार पाँच सयभन्दा बढी कामदार इँटा भट्टामा काम गर्छन् । ७ वटा इँटा उद्योग दर्ता गरी चलाइएको छ भने दर्ता हुन बाँकी आधा दर्जनभन्दा बढी छन् ।


त्यसैगरी, सोलार प्यानल, विद्युत आयोजनाहरु, १२ वटा स्थानीय तहमा निर्माण भइरहेका सडक, कुलो, टेवापर्खाल लगाउने, पुल निर्माण लगायतमा मजदुरहरु कार्यरत छन् । उनीहरु अधिकांश तराई र भारतका हुन् ।

प्रकाशित : चैत्र १७, २०७६ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?