कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

एम्‍बुलेन्स दुर्घटनामा एकै परिवारका ६ घाइते

राजकुमार कार्की

सिन्धुली — बीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिका ७ को बुका नजिक सोमबार दिउँसो भएको एम्‍बुलेन्स दुर्घटनामा एकै परिवारका ६ जना घाइते  भएका छन् । 

एम्‍बुलेन्स दुर्घटनामा एकै परिवारका ६ घाइते

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ज १ च ७७७ नं एम्‍बुलेन्स दुर्घटना हुँदा अनिल यादवसहित ६ जना घाइते भएका हुन् । घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीले जानकारी दिए ।


काठमाडौंको बयोदा अस्पतालमा परिवारका सदस्यको उपचार गरी उनीहरु घर फर्किँदै थिए । एम्‍बुलेन्सका चालक फरार रहेका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?